जोरायले बासमती धानले पाउँदै छ लोकप्रियता
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायले बासमती धानको संरक्षण गर्दै यसको प्रचारप्रसारमा बढ्न थालेपछि जोरायल गाउँपालिका–६ चित्रराज भट्ट यतिबेला यस प्रजातिको धान रोप्न आतुर देखिन्छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय सरकारको पहलमा संरक्षण अभियान थालनी भएपछि यस धानको खेतीतर्फ भट्टलगायतका किसान आकर्षित भएका हुन् ।
