SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट अझै निस्कन सकेन नेपाल

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट)बाट यो वर्ष पनि निस्कन असफल भएको छ । फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुप बैठकका अनुसार यो वर्ष पनि नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट)बाट निस्कन असफल भएको हो ।