SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०३:५७ AM · 1 मिनेट पढाइ

गोरखामा दुई करोडको लागतमा गोरखनाथ मन्दिर निर्माण

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित आहालडाँडामा करिब रु दुई करोडको लागतमा गोरखनाथको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ । गोरखक्षनाथ आश्रमका अध्यक्ष होमसिंह बस्न्यातले मन्दिर निर्माणको काम अहिलेसम्म करिब ७० प्रतिशत सम्पन्न भइसकेको र आउँदो फागुन महिनाभित्र निर्माण सम्पन्न गरी मन्दिर सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।