SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०२:३४ AM · 1 मिनेट पढाइ

दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड

नेपालगन्ज । लुम्बिनी प्रदेशमा रहेका थारू, कुसुन्डा, अवधी र मुस्लिम संस्कृतिको संरक्षणसम्बन्धी गोष्ठी कोहलपुरमा सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकार्यमा लुम्बिनी आइतबार प्रदेशस्तरीय सांस्कृतिक गोष्ठी भएको हो ।