SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०२:५० AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशसभा बैठक : आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।