SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

घोराहीमा नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र

तुलसीपुर । घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरप्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो नौ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न भएको छ ।