SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०१:२८ AM · 1 मिनेट पढाइ

यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले स्थानीय किसानबाट रकम सङ्कलन गरेको तीन महिना बितिसक्दासम्म (मिनिटिलर) यान्त्रिक हलो वितरण नगरेपछि पर्वतको कुश्मा नगरपालिकाका किसान चिन्तित बनेका छन् । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराउनेगरी गत चैतमा नै ५० प्रतिशत रकम किसानबाट सङ्कलन गरेको थियो ।