दुई पटकको विश्वविजेता उरुग्वे केप भर्डेसँग बराबरीमा रोकियो
काठमाडौं । फिफा विश्वकप २०२६ मा उरुग्वे केप भर्डेसँग बराबरीमा रोकिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा सकिएको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो । यो नतिजासँगै समूह ‘एच’ मा उरुग्वे र केप भर्डेले २ खेलबाट समान २ अंक जोडेका छन् ।
