SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

काँग्रेस–एमालेलाई रविको आग्रह–पार्टीभित्र देखिएका विवादहरू सुल्झाउनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)लाई पार्टीभित्र देखिएका विवादहरू सुल्झाउन सुझाव दिएका छन् । चितवनको भरतपुरमा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले काँग्रेस र एमालेलाई शक्तिशाली दल भन्दै उनीहरूभित्र देखिएका अप्ठ्यारा नमिले मुलुकलाई पनि अप्ठ्यारो पर्नसक्ने बताए ।