कोशी प्रदेशसभाः बजेटमाथिको सामान्य छलफल सुरु
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सुरु भएको छ । बैठकमा कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा प्रस्ताव गरे ।
