पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताएका छन् । आइतबार चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उनले राज्यले सिर्जनाभन्दा वितरण, प्रतिस्पर्धाभन्दा नियन्त्रण र अवसर विस्तारभन्दा पहुँचको संरक्षण गर्ने संस्कारलाई बढावा दिएको उल्लेख गर्दै रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताए ।
