बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
तनहुँ । तनहुँको ग्रामीण क्षेत्रलाई सदरमुकाम, कृषि बजार र चितवनसँग जोड्ने रणनीतिक महत्वको बुद्धसिंह मार्ग निर्माण सुरु भएको लामो समय भइसकेको छ । यो सडक निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भइरहे पनि निर्माणको गति भने सुस्त छ ।
