नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस २०२६
काठमाडौं । नेपाल एसबिआई बैंक लि.ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सातै प्रदेशमा योग कार्यक्रमहरूको आयोजना गरी योग दिवस मनाएको छ । बैंकका सबै प्रदेशका कर्मचारीहरूले उत्साहपूर्वक योग मार्फत स्वास्थ्य अभिवृद्धि सम्बन्धी गतिविधिहरूमा सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्धि गर्नु रहेको छ ।
