SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा पूर्वघोषित कार्यतालिका अनुसार महाधिवेशन सुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहमा पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह उपस्थित छन् । यसैगरी, रास्वपाका पदाधिकारी एवं केन्द्रीय नेताहरू र महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।