SHARE
कालिका खबर · आइबार​ ७ असार २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

माटीगाउँको धिमाल सामुदायिक होमस्टेलाई पूर्वी नेपालको नमुना ग्रामीण पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

बेलबारी । मोरङको बेलबारी–१० स्थित माटीगाउँमा रहेको धिमाल सामुदायिक होमस्टेको प्रवर्द्धन तथा ग्रामीण पर्यटन विकासका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी पर्यटन विज्ञ तथा सरोकारवालाहरूले सामुदायिक पर्यटनले ग्रामीण अर्थतन्त्र रूपान्तरण गर्न सक्ने बताएका छन्। कार्यक्रममा बोल्दै एक वक्ताले स्थानीय बासिन्दाको सक्रिय सहभागिता, संस्कृति संरक्षण र पर्यटकप्रति आत्मीय आतिथ्य नै माटीगाउँजस्ता गन्तव्यको विशेषता भएको उल्लेख गरिन्। उनले सामुदायिक पर्यटनले ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन्। नेपाल गाउँ पर्यटन मञ्च (भिटोफ) नेपालका अध्यक्ष हरिशरण थपलियाले धिमाल समुदायले विकास गरेको होमस्टे अवधारणाको प्रशंसा गर्दै यसलाई गाउँ पर्यटनको वास्तविक नमुना भएको बताए।