सुनको मूल्य सामान्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवयासी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत असार ५ गते सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ३१५ रुपैयाँ तोकिएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि केही बढोत्तरी भएको छ ।
