SHARE
Kalo Pati · आइबार​ ७ असार २०८३ ०४:१६ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : उम्मेदवारी दर्ता शुल्क र आवश्यक कागजातको विवरण सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र आवश्यक संगठनात्मक प्रक्रिया सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार सूचना जारी गर्दै महाधिवेशनमा विभिन्न पदका आकांक्षीका लागि लाग्ने शुल्क, आवश्यक प्रस्तावक, समर्थक र अन्य कानुनी कागजातबारे जानकारी गराएको हो ।