SHARE
Kalo Pati · आइबार​ ७ असार २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने

काठमाडौं । नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरोकिता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ । कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थालाई प्रवाह हुने नक्सासम्बन्धी सेवा असार ८ गतेदेखि संस्थागत प्रयोगकर्ता मार्फत अनलाइन प्रणालीबाट सञ्चालन गरिने व्यवस्था गरिएको हो ।