SHARE
Kalo Pati · आइबार​ ७ असार २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

‘रास्वपाका लागि प्रथम राष्ट्रिय महाधिवेशन दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो’: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सभापति थापाले पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको भन्दै प्रशंसा गरेका छन् ।