SHARE
कालिका खबर · आइबार​ ७ असार २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

अष्ट्रेलियाले इन्धन अन्त:शुल्क कटौतीको अवधि एक महिना थप गर्ने

क्यानबेरा : अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्त:शुल्क कटौतीको अवधि थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार वक्तव्य जारी गर्दै आगामी जुलाई १ देखि अगस्ट २ सम्म इन्धन अन्त:शुल्कमा प्रतिलिटर १६ सेन्ट छुट कायम रहने बताएका हुन् । हाल लागू रहेको प्रति लिटर ३२ सेन्टको छुट उक्त अवधिमा आधा घटाइने र अगस्ट २ पछि पूर्ण अन्त:शुल्क दर प्रति लिटर ५२ दशमलव छ सेन्ट पुनः लागू गरिनेछ ।