साहित्य सन्ध्यामा ‘अल्गोरिदम र डार्क पिआर’ बारे परिचर्चा
काठमाडौँ । साहित्य सन्ध्याको ४७७ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘वर्तमान समयमा अल्गोरिदम (समस्या समाधान गर्ने चरणबद्ध नियमहरूको योजना)को असर र डार्क पिआर (छद्म सार्वजनिक सम्बन्ध)ले मानवमस्तिष्कमा पार्ने प्रभाव’ विषयमा परिचर्चासहित कविगोष्ठीको आयोजना गरिएको छ । शनिबार आयोजित कार्यक्रममा युवा कवि प्रशान्त खरेलले अल्गोरिदमका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको बताए ।
