SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

पाकिस्तानको खैबर पख्तुनख्वामा दुईवटा बम विष्फोटः सात जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा दुईवटा निजी सवारी साधनलाई लक्षित गरी गरिएका दुई क्रमिक विष्फोटमा परी सात जनाको मृत्यु भएको छ । प्रहरी स्रोतकाअनुसार उक्त घटनामा अन्य तीन जना घाइते भएका छन् । पहिलो विष्फोट खैबर पख्तुनख्वाको बन्नु जिल्लामा स्थानीय समयअनुसार बिहान ५ः२० बजे भएको थियो ।