SHARE
कालिका खबर · आइबार​ ७ असार २०८३ ०३:३९ AM · 1 मिनेट पढाइ

लेबनानमाथि इजरायलको आक्रमण नरोकिएपछि इरानले फेरि बन्द गर्‍यो होर्मुज जलमार्ग

काठमाडौं । इजरायलले लेबनानमा आक्रमण नरोकेपछि आक्रोशित भएको इरानले फेरि होर्मुज जलडमरू जलमार्ग बन्द गरेको छ । इरानको संयुक्त सैन्य कमान्डले सरकारी टिभीमा होर्मुज जलडमरू बन्द गरिएको घोषणा गरेका हुन् । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले इरानले आफ्नो सबै जिम्मेवारी पूरा गरेको बताए । तर अमेरिकाले इजरायललाई नियन्त्रण गर्न नसकेको उनले बताए । १७ जुनमा अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । जसमा होर्मुजको जलडमरूम खोल्ने र लेबनानमाथि आक्रमण रोक्ने समावेश थियो । अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि पनि इजरायलले लेबनानमाथि आक्रमण जारी राखेको छ ।