प्रधानमन्त्री बालेन्द्र शाहलाई मेयर रिना साहको आग्रह, “मौलापुर नगरपालिकालाई काम गर्न दिनुस”
रौतहट । रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले संघीय सरकारको अनावश्यक एवं गैरकानूनी हस्तक्षेपले सर्वसधारणले सेवा, सुविधा पाउन नसकेको टिप्पणी गरेकी छन् । संघीय सरकारको अनावश्यक एवं गैरकानूनी हस्तक्षेप नरोकिए जनता अब त्यसको प्रतिकार गर्न तयार रहेको उनले बताइन् । पालिकाबाट दिदै आएको सेवा, सुविधाहरु रोक्ने षडयन्त्र सहित संघीय सरकारले हस्तक्षेप गरेको गुनासो उनले गरिन् । ‘संघीय सरकारको सामान्य प्रशासन मन्त्रालय र मन्त्रीलाई यहाँको बिषयमा पटक–पटक जानकारी गराउँदा समेत कुनै चासो लिएको छैन् ।
