SHARE
कालिका खबर · शनिबार ६ असार २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

आजपाद्धारा शिक्षा, स्वास्थ्य तथा बिजुलीमा सरकारले लगाएको कर हटाउन माग

पोखरा। आम जनता पार्टी (आजपा)ले शिक्षा, स्वास्थ्य तथा बिजुलीमा सरकारले लगाएको कर हटाउन माग गरेको छ । आजपा कास्की जिल्ला कमिटीको आज पोखरामा बसेको जिल्ला कमिटीको बैठकले सरकारले शिक्षा, स्वास्थ्य तथा बिजुलीमा लगाएको कर हटाउन माग गरेको हो । आजपा कास्कीका जिल्ला अध्यक्ष मनु गुरुङले संविधानले मौलिक अधिकार सरकारले उपलब्ध गराउनुपर्ने शिक्षा, स्वास्थ्य जस्ता अतिआवश्यक क्षेत्रमा कर लगाउनु ठिक नभएको बताइन् । ‘संविधानले नै शिक्षा, स्वास्थय नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको छ । तर सरकारले संविधानकै उल्लंघन गर्दै कर लगाउनु ठिक होइन् ।