राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले ठुलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैरकानुनी हर्कत जनताका लागि चुनौती बनेको जिकिर गरेका हुन् । ४९औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३५औँ किसान सङ्घर्ष दिवसको अवसरमा नेता पाण्डेले देशको भूराजनीति निकै सङ्कटमा परेको र त्यसको मुख्य कारक वर्तमान सरकार रहेको आरोप लगाए । सत्तामा अपरिपक्व र जनविरोधी शक्ति पुग्नुमा कम्युनिस्ट पार्टीहरूको अदूरदर्शिता मुख्य कारक रहेको उनको दाबी छ।
