SHARE
कालिका खबर · शनिबार ६ असार २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोट : ७ जनाको मृत्यु, ३ जना घाइते

इस्लामवाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नु जिल्लामा सडक किनारमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअप ट्रकलाई रिमोट–कन्ट्रोल गरिएको ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’मार्फत लक्षित गरिएको थियो । घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग गरिएको अर्को सवारी साधनमा पनि दोस्रो विस्फोट हुँदा थप मानवीय क्षति भएको बताइएको छ । दुवै विस्फोटमा तीन जना घाइते भएका छन् । घटनाको जिम्मेवारी तत्काल कुनै समूहले लिएको छैन ।