SHARE
कालिका खबर · शनिबार ६ असार २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ : महामन्त्री बुर्लाकोटी

काठमाडौँ : वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छ । विसं २०७९ असार ७ गते स्थापना भएको उक्त पार्टीले यही असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनले राजनीतिक दृष्टिकोण र कार्यनीति निर्धारण, केन्द्रीय नेतृत्वको निर्वाचन, विधान संशोधन र अनुमोदन, आगामी कार्यदिशा र प्रस्तावहरू पारित तथा राष्ट्रिय र अन्तरराष्ट्रिय मुद्दामा पार्टीको अडान स्पष्ट गर्नेछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको सो पार्टीले जनाएको छ । सभापति रवि लामिछानेसहितको शीर्ष नेता महाधिवेशन आयोजनास्थल चितवन पुगिसकेका छन्।