पासपोर्ट काण्डको निष्पक्ष छानबिन हुनैपर्छ : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पासपोर्ट काण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। आफूहरूले सुरूदेखि नै राज्य र पार्टीभित्र समेत सुशासनको पक्षमा आवाज उठाउँदै आएको बताउँदै सभापति थापाले सुशासन स्थापना गर्ने लडाइँमा आफूहरू अहिले पनि अडिग रहेको जिकिर गरे। सरकारले आर्थिक अपचलन र भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने भनेर सम्पत्ति छानबिन आयोग गठन गरेको विधि र प्रक्रिया नमिलेको उनको भनाइ थियो। आफूहरू सम्पत्ति छानबिन हुनुपर्छ भन्नेमा प्रष्ट रहेको तर त्यसमा कानुनी विधि-प्रक्रिया मिचिनु हुँदैन भन्नेमा पनि उत्तिकै सचेत रहेको सभापति थापाको भनाइ थियो।
