सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज सुनसरी र मोरङ लगायत आसपासका जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिन अनुसार ती क्षेत्रका स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिन्छ। महाशाखाको आज बिहानको मापन अनुसार देशका प्रमुख नदीहरूको जलसतह भने हाल सामान्य अवस्थामा रहेको छ।
