संसार त्यति नालायक भइसकेको छैन
तिमीले फैसला गरे झैं,संसार त्यति अप्रिय छैन !शंकाहरूको विशाल पर्खाल बाहिरफुकालेर हेर पूर्वाग्रहका गाढा चस्माफैलाएर दुवै हात पाखुरी,अंगालो फिँजाउ उज्यालोमा पखालेर कुण्ठाका रोग शतविचारले,एकपटक महसुस गर आफ्नै हृदयको चाल,धड्कनको भाषा र संवेदनाको छाल ।एकपटक महसुस गरतिम्रो हृदयको पत्थरबाट पलाएको हरियो क्रान्ति,तिम्रा आँखाबाट उधो बगेका निला झरनाहरूको लय,नसामा बगेका रक्तिम नदीहरूको झंकार,मुटुभित्रको पहेँलो ताप,खोपडीभित्रको न्यानो राप,अन्तस्करणको उज्यालो, सिंगो शरीरको प्रकृति ।
