SHARE
कालिका खबर · शुक्रबार​ ५ असार २०८३ ०६:४८ PM · 1 मिनेट पढाइ

तेस्रो बागमती प्रदेश खेलकुदमा ललितपुर टिम च्याम्पियन , निरोज बने उत्कृष्ट खेलाडी

ललितपुर– हेटौंडामा जारी क्योकुशिन कराते फुल कन्ट्याक्ट बिधामा ललितपुर जिल्ला उत्कृष्ट समुह घोषित भएको छ । मकवानपुरको हेटौंडामा भएको प्रतियोगितामा पुरुष ४० केजि तौल समुहमा सुब्रेश गोले तामाङ र ६५ केजि तौलमा धादिङको बिपक्षी प्रतिद्वन्दीलाई पराजित गर्दै सागर तामाङ प्रथम भए । महिला तर्फ ४० केजि तौल समूहमा भावना नगरकोटी , ४५ केजि तौलमा दिलमाया श्रेष्ठ र ५५ केजि तौलमा प्रसिका नापित सशक्त खेल प्रदर्शन गर्दै दोस्रो भएको ललितपुरबाट प्रतिनिधित्व गरेका टिम कोच ज्ञानि रत्न शाक्य र रामहरि खड्काले जानकारी दिए ।