ओलम्पिक दिवसको अवसरमा आत्मरक्षा प्रदर्शन कार्यक्रम सम्पन्न
काठमाडौँ –अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल सेल्फ डिफेन्स मार्शल आर्ट्स संघको आयोजनामा आज काठमाडौँमा आत्मरक्षा (Self Defense) प्रदर्शन तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा करिब १०० जना बालबालिकाको सहभागिता रहेको थियो। कार्यक्रममा आत्मरक्षा मुख्य प्रशिक्षक सन्जु महर्जनको नेतृत्वमा विशेष प्रदर्शन तथा प्रशिक्षण सम्पन्न भएको थियो। साथै प्रशिक्षकहरू अर्जुन श्रेष्ठ, विष्णु राई, रबिन्द्र पोखरेल लगायतले आत्मरक्षा सम्बन्धी विविध प्रविधिहरूको प्रशिक्षण तथा प्रदर्शन प्रदान गर्नुभएको थियो।
