SHARE
कालिका खबर · शुक्रबार​ ५ असार २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट को हुन ?

काठमाडौँ। सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूँजी बजारको नियामक निकायको नेतृत्व सम्हाल्ने जिम्मेवारीसहित उनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। डा. भट्ट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टका दाजु हुन्। कैलालीको धनगढी उपमहानगरपालिका–५, हसनपुर स्थायी घर भएका डा. भट्ट हाल काठमाडौँको टोखा नगरपालिका–७, आदर्श कालोनीमा बसोबास गर्दै आएका छन्। उनीसँग नेपाल राष्ट्र बैंकमा करिब तीन दशकको विशिष्ट सेवा अनुभव रहेको छ।