SHARE
कालिका खबर · शुक्रबार​ ५ असार २०८३ ०२:०८ PM · 1 मिनेट पढाइ

राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का, को हुन् ?

काठमाडौं । चलचित्रको पर्दामा कलाकार देखिन्छन्, संवाद सुनिन्छन् र दृश्यले दर्शकलाई कथाभित्र तान्छ। तर ती दृश्यलाई सही क्रम, गति र भावमा बाँध्ने सम्पादक भने प्रायः पर्दापछाडि नै रहन्छन्। त्यही पर्दापछाडिको काममा करिब १७ वर्ष बिताएका चलचित्र सम्पादक नहकुल खड्काले राष्ट्रिय चलचित्र पुरस्कार–२०८२ मा सर्वोत्कृष्ट चलचित्र सम्पादकको पुरस्कार प्राप्त गरेका छन्। सम्माननीय राष्ट्रपतिबाट पुरस्कार ग्रहण गरेका खड्काका लागि यो सम्मान लामो समयदेखिको मेहनत, निरन्तरता र सम्पादनप्रतिको समर्पणको उपलब्धि बनेको छ। ‘के घर के डेरा : घर नम्बर २’, ‘कोसेढुंगा’ र ‘हरिबहादुरको जुत्ता’ लगायत उनले सम्पादन गरेका चलचित्र यस वर्षको पुरस्कार प्रतिस्पर्धामा सहभागी थिए।