अमेरिका–इरान शान्ति वार्ता अन्तिम समयमा रद्द
काठमाडौँ । स्विट्जरल्यान्डमा हुने भनिएको अमेरिका–इरान शान्ति प्रक्रियासम्बन्धी उच्चस्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विट्जरल्यान्ड भ्रमण स्थगित गरेपछि स्वीस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ । अमेरिका–इरानबीच आज स्विट्जरल्यान्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो ।
