SHARE
कालिका खबर · शुक्रबार​ ५ असार २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

रास्वपाको महाधिवेशनमा नजाने हर्क साम्पाङको घोषणा, यस्तो छ कारण

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नजाने घोषणा गरेका छन् । रास्वपाले महाधिवेशनमा सहभागीका लागि पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित हुन नसक्ने जानकारी दिएका हुन् । साम्पाङले रास्वपा नेता समेत रहेका प्रधानमन्त्री बालेन साहले सीमाबारे बोलेकोप्रति रास्वपाको धारणा नआएको भन्दै महाधिवेशनमा हुन अस्वीकार गरेका हुन् ।