नयाँ बजेट प्रतिनिधिसभाबाट पारित
काठमाडौं : आर्थिक वर्ष २०८३/८४ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ। बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ सकिएसँगै बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ सभामा प्रस्तुत गरेका थिए। सभाबाट बहुमतले विनियोजन विधेयक पारित भएको हो।विनियोजन विधेयक पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँबराबरको बजेट खर्च गर्न पाउने भएको छ। अब विनियोजन विधेयक राष्ट्रियसभामा छलफल हुनेछ। सभामा पेस भएका खर्च कटौतीका २० प्रस्ताव अस्वीकृत भएका छन्।
