अमेरिकामाथि विजय हासिल गरेको इरानको दावी : ल्यायो होर्मुजमा समुन्द्री शुल्कको योजना
इरान : इरानले होर्मुज जलडमरूमध्य (स्ट्रि अफ होर्मुज) मा दुई महिनाभित्र समुद्री शुल्क प्रणाली लागू गर्ने योजना घोषणा गरेको छ । यो निर्णय ६० दिनको वार्ता अवधिपछि आएको हो, जुन हालै हस्ताक्षर गरिएको समझदारीपत्रका कारण सुरु भएको थियो ।तेहरानले आफूले अमेरिकामाथि ऐतिहासिक विजय हासिल गरेको दाबी गर्दै उक्त जलडमरूमध्य आफ्नो नियन्त्रणमा रहेको बताएको छ र युरोपेली देशहरूले जहाजहरूलाई एस्कर्ट गर्न बनाएको नौसैनिक मिसन स्वीकार्य नहुने जनाएको छ ।
