SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको नकआउटमा

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ए को खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको छ। मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा शुक्रबार बिहान भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण कोरियालाई हराएको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा मेक्सिकोले एक गोल गरेको थियो। मेक्सिकोको जितमा लुइस रोमोले गरेको ५० औं मिनेटको गोल नै निर्णायक भयो।७६ औं मिनेटमा मेक्सिकोका फरवार्डले गरेको प्रहार दक्षिण कोरियाका गोलकिपरले उत्कृष्ट बचाव गरे।