मैदानबाहिरको आधा आकाश
विश्वकप फुटबलले विश्वभर उत्सवको माहोल सिर्जना गरिरहँदा, अन्तर्राष्ट्रिय मञ्चदेखि नेपालका गाउँघरसम्म गम्भीर प्रश्न उब्जिएको छ– खेलकुदको मैदानमा आधा आकाश ओगट्ने महिलाहरूको वास्तविक स्थान कहाँ छ ? सन् १९३० मा सुरु पुरुष विश्वकपको तुलनामा सन् १९९१ मा मात्र महिला विश्वकप सुरु हुनु र आज पनि हाम्रा टोलका मैदानहरूमा छोरीहरूको पहुँच नहुनुले विश्वव्यापी तथा राष्ट्रियस्तरमा रहेको गहिरो लैंगिक असमानतालाई छर्लंग पार्छ।
