SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

काठमाडौं महानगरको २५ अर्ब ८८ करोडको बजेट

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको नयाँ बजेट प्रस्ताव गरेको छ।नगर सभाको १९ औं अधिवेशनको तेस्रो बैठकमा बिहीबार कार्यवाहक प्रमुख सुनिता डंगोलले नयाँ बजेट सार्वजनिक गरेकी हुन्। बजेटमा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ।प्रस्तावित कुल बजेटमध्ये सञ्चित कोषमा व्ययभार पर्ने २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ र वाह्य व्ययभार हुने ७५ करोड रुपैयाँ रहेको छ।