राष्ट्रिय परिचयपत्र अब आफैँले डाउनलोड गर्न सकिने
सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा सुरु गरेको छ। राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले बिहीबारदेखि परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो । विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेभसाइट https://citizenportal.donidcr.gov.np/ne मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ।
