बागमती प्रदेश खेलकुद प्रतियोगितामा ललितपुरको अग्रता
ललितपुर–तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्र्तगत क्योकुशिन कराते फुलकन्ट्याक्ट विधामा ललितपुरले अग्रता लिएको छ । मकवानपुरको हेटौंडामा जारी प्रतियोगितामा महिला ४० केजी तौल समुहमा ललितपुरकी भावना नगरकोटीले सेमिफाइनलमा मकवानपुरकी प्रतिद्वन्दी खेलाडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी छिन । यस्तै ललितपुरकै ४५ केजीमा दिल माया श्रेष्ठ , ५५ केजीमा प्रसिका नापित सेमिफाइनलमा पुगे । , पुरुष ४० केजीमा सुबेश गोले, ५० केजिमा निरोज नगरकोटी र ६५ केजी तौल समुहमा सागर तामाङ्ग आआफ्ना प्रतिद्वन्दी खेलाडीहरूलाई पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए ।
