SHARE
पर्दाफास · बिहीबार ४ असार २०८३ ०४:३२ PM · 1 मिनेट पढाइ

अमेरिका–इरान सम्झौता कार्यान्वयन गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता

पश्चिम एसिया युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न ‘प्रारम्भिक वार्ता’ शुक्रबार स्विट्जरल्यान्डको बर्नस्थित ‘स्विस रिसोर्ट कम्प्लेक्स’मा हुने भएको छ। स्वीट्जरल्याण्डको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्झौताको कार्यान्वयनका लागि ‘प्रारम्भिक वार्ता’ गर्न संयुक्त राज्य अमेरिका र इरानका साथै मध्यस्थकर्ताहरू पाकिस्तान, कतार र अन्य सम्बन्धित देशहरूले भोलि बर्गनस्टकमा भेट्नेछन्।