सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, तेस्रो दिन सुवास शीर्षस्थानमा
सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन सुवास तामाङ समग्रमा १५-अन्डर २ सय १ सहित शीर्षस्थानमा उक्लन सफल भएका छन्। आज सुवासले ७-अन्डर ६५ को स्कोर सहित लगातार दुई दिनका लिडर भुवन नगरकोटीलाई १ स्ट्रोकले पछि पारेका हुन्।
