SHARE
पर्दाफास · बिहीबार ४ असार २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

सुकुम्वासी बस्ती हटाउन सेना परिचालन गरिएको छैन : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सुकुम्वासी बस्ती हटाउने क्रममा नेपाली सेनालाई कुनै पनि स्थानमा परिचालन नगरेको स्पष्ट पारेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।