गृहमन्त्री गुरुङलाई नेकपा सांसदले सोधिन्- ‘जीवी राई कहिले सम्पर्कमा आउँछन् ?’
नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले गृहमन्त्री सुधन गुरुङलाई जीवी राई कहिले सम्पर्कमा आउँछन् ? भन्दै प्रश्न गरेकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको विनियोजन शीर्षकमाथि प्रश्नको जवाफ दिएपछि सांसद विकले प्रस्टीकरण माग गर्दैगर्दा यस्तो प्रश्न सोधेकी हुन् ।
