अख्तियारलाई आरजुको इमेल- ‘उपचारका लागि विदेशमा छु, तत्काल आउन सक्दिनँ’
ई–पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोप सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले आयोगलाई इमेलमार्फत जवाफ पठाएकी छन् ।
