भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला विमानस्थलबाट नियन्त्रणमा
भिजिट भिसामा ओमान जान लागेका २७ महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । बुधबार मानव बेचबिखन गिरोहले विदेश लैजान लागेको भन्ने सूचना पाएपछि र विमानस्थल सुरक्षा प्रहरी कार्यालयले २७ महिलालाई विदेश जान रोकेको थियो । त्यसपछि २७ महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको हो ।
